६ भारतीय नागरिक कोरोना मुक्त, आजै डिस्चार्ज गरिने 

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार १४:५१
;

६ भारतीय नागरिक कोरोना मुक्त भएका छन् । विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमितहरुलाई आज बुधबार डिस्चार्ज गर्ने तयारी भएको हो । 

उदयपुरको एक मस्जिदमा बसिरहेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पु्ष्टि भएपछि उनीहरु बैशाख ५ र ६ गते विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना भएका थिए ।
 
डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले  डिस्चार्जपछि तत्काल विराटनगर–१६ रानीको मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था रहेकोले उनीहरुलाई मस्जिदमै राखिने तयारी भएको छ ।

कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार सबैको कोरोना पुनः परीक्षण गरिएकोमा ६ जनाको नेगेटिभ रिपोर्ट आएको हो । 

विराटनगरको कोरोना अस्पतालमा ३१ जना स्रक्रमित उपचाररत् छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*