नेकपाले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक
३० बैशाख २०७७, मंगलवार २०:४२
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बस्नेगरी बैठक बोलाएको नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलजानकारी दिएका छन् । यसअघि २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा बैठक बोलाउन माग गरेका थिए।
गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।










