नेकपा स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी रहेपछि बैठक स्थगित
३१ बैशाख २०७७, बुधबार १५:४७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक स्थगित भएको छ ।
आज बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक स्थागित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका हुन् ।
पार्टीका प्रवक्ता श्रेष्ठका अनुसार स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले बैठक स्थगित गर्नुपरेको हो ।
आजको वैठकमा निती तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुने बताइएको थियो ।










