६ वर्षीया बालिकासहित दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ४५ पुग्यो  

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार १३:१०
;

नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित संख्या २ सय ४५ पुगेको छ ।  

कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*