अत्यावश्यक भन्दै मदिरा ढुवानी गर्ने दुई वटा ट्रक नियन्त्रणमा, प्रशासनले अनुमति दिएको दाबी 

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार २१:०६
;

अत्यावश्यक भन्दै मदिरा ढुवानी गर्ने दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । दमौलीबाट रातको समयमा अवैध सामान आयात भइरहेको दाबी गर्दै व्यापारीले थालेको गस्तीका क्रममा मदिरा ढुवानी गर्ने दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको हो । 

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले बुधबार रातीबाट रातभर राजमार्गमा निगरानी बढाएको थियो । अत्यावश्यक बाहेकका ढुवानी रोकिएको भने पनि अवैध रुपमा तरकारी र अन्य वस्तुको आयात भएको गुनासोपछि गस्ती गर्दा ट्रक नियन्त्रणमा लिएको एकाई सभापति राजकुमार श्रेष्ठ राकुले बताएका छन् । 

राती करिब तीन बजे मदिरा आयात गरिएको ग १ क २४७९ नम्बरको ट्रकका चालकले आफूलाई प्रशासनले अनुमति दिएको दाबी गर्दै बिलसमेत देखाएका थिए । 

तर, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले सरकारले कृषि उपज आयातमा प्रतिबन्ध नलगाएकाले अनुमति दिए पनि मदिरा आयातमा अनुमति नदिएको बताएका छन् ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*