थप एक जनाले जिते कोरोना, निको भएर घर फर्कनेको संख्या ३६ पुग्यो

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार २१:५१
;

विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उदयपुर जिल्लाका ३५ वर्षीय एक पुरषको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उनलाई २७ औं दिनमा डिस्चार्ज गरिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितहरुमध्ये ३६ जना निको भइसकेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या २ सय ५८ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*