लकडाउनमा थप कडाइः बिनाकाम गल्लीमा घुम्नेलाई पक्राउ गर्ने
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘लकडाउन’मा झनै कडाइ गर्ने भएको छ । दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं प्रशासनले घरबाट निस्कने तथा बिनाकाम टोलटोलका गल्लीमा घुम्ने व्यक्तिलाई पक्राउ गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेका ईपास र पहेँलो पाससहित सबै पासलाई खारेज गर्ने निर्णय गर्दै पासको औचित्यका आधारमा नीलो रंगको नयाँ पास लागू गर्ने निर्णय गरेको छ ।
प्रशासनले अत्यावश्यक अवस्थामा निर्माण सामग्री बोकेका सवारी साधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र सञ्चालन अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिएका छन् ।










