पेस्तोलसहित दुई जना पक्राउ

हेटौडा न्युज
४ जेष्ठ २०७७, आईतवार १४:४८
;

पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–४ बाट परेका मध्ये एकजना भारतीय नागरिक रहेका छन् । 

प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी मधुवनीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई बगैँचामा लुकेर बसिरहेको अवस्थामा  पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, एक थान चाइनिज पेस्तोल र छ राउण्ड गोली बरामद गरेको जनाएको छ ।

पक्राउ परेका माथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*