बजार अनुगमन टोलीका बीच नै विवाद, देखावटी अनुगमन गरेको भन्दै उपभोक्तावादीको बहिष्कार

हेटौडा न्युज
७ आश्विन २०७६, मंगलवार १४:५७
;

बजार अनुगमनका लागि खटिएको टोलीका सदस्यहरु बिचमा नै मत बाजिए पछि हेटौडा बजारमा हिजो गरिएको अनुगमन नै बिबादित बनेको छ ।  घरेलु तथा साना उघोग कार्यालयका अधिकृत नारायण प्रसाद खनालको नेतृत्वमा गएको बजार अनुगमन टोलीले राप्तिरोडमा रहेको यति ड्रग हाउस औषधी पसलको अनुगमन गर्ने क्रममा औषधि बेच्ने व्यक्ति औषधि बिक्री गर्न अनुमति नपाएको (फार्मेसी नपढेको) चार जनाले बिगत २ बर्ष देखि औषधि बेचिरहेको  भेटाएको थियो । सो औषधि पसलले अनुमति बिना क्लिनिक पनि संचालन गरेको अनुगमनको क्रममा भेटिएको थियो । 
""तर कानून विपरितका कमजोरी भेटिदा पनि कार्बाही प्रक्रिया सुरु नगरेर सुझाब मात्रै दिएर अर्को पसल तर्फ जान लागेपछि टोलीका सदस्य उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरले  झारा टार्ने अनुगमनको कुनै औचित्य छैन भन्दै अनुगमन स्थलबाटै बहिष्कार गरेको  मञ्चका अध्यक्ष बासु खतिवडाले बताएका छन् । 
एक साता अघि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई प्रभाबकारी बनाउन गल्ति गर्नेलाई तत्काल कार्बाही गर्ने निर्णय गरेता पनि अनुगमनटोलीले त्यसो गर्न आनाकानी गरेपछि बहिष्कार गरिएको बताईएको छ । यस विषयमा प्रमख जिल्ला अधिकारी प्रेमराज जोशीले भने दोषी उपर कार्बाही हुने र त्यो प्रक्रिया टोलीले रिपोर्ट बुझाए पछि सुरु हुने बताएका छन् । प्रत्येक बर्ष चाड पर्बमा मात्रै हुने बजार अनुगमन उपभोतmाको आँखामा छारो हाल्ने काम मात्रको हुन्छ भन्ने प्रशासनको आलोेचना भईरहेको बेला हिजोको अनुगमन टोलीको कार्यशैलीले उपभोक्ताको शंकामा थप बल पुगेको देखिएको छ । बहिष्कार पछि अनुगमन कार्य स्थगित भएको थियो । 
अनुगमनमा खनालको नेतृत्वमा स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब एसिस्टेन्ट साहरुख हुसेन, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, उपभोक्ता मञ्च मकवानपुरका कपिल अर्यालसहित पत्रकारहरुको सहभागिता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*