सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिस

हेटौडा न्युज
१८ कार्तिक २०७६, सोमबार २०:२०
;

सत्तारुढ दलको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम सार्वजनिक गरेको छ ।  नेकपा सचिवालयले खाली रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताएका छन् । पार्टीले चितवनका अमिक शेरचन, काष्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ प्रसाद यादव, डडेल्धुराका गोविन्द कलोनी,झापाका  विष्णु प्रसाईँ र काठमाडौंकी शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ । कुन प्रदेशमा कसलाई पठाउने भन्ने सरकारले निर्णय गरेर राष्ट्रपतिकोमा सिफारिस गरिने पार्टीका महासचिव पौडेलले जानकारी दिएका छन् । देशका सबै प्रदेश प्रमुखहरु हिजो आईतबारबाट पदमुक्त भएका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*