कास्की क्षेत्र नम्बर २ मा भट्टराईको अग्रता कायम, पौडेल दोब्बर मतले पछाडि

उपनिर्वाचन कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता कायमै रहेको छ । पछिल्लो अपडेटअनुसार भट्टराईले ११,७३० मत प्राप्त गरेकी छन् ।
हाल सम्म पोखरा महानगरपालिकाको वडा नं ३३, २१, २० र १७ को मतगणना भइसकेको छ भने अहिले पनि मतगणना जारी रहेको छ ।
भट्टराईलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पछ्याइरहेका छन् । पौडेलले ५,८९३ मत प्राप्त गरेका छन् त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले ४०८, साझा पार्टीकी रजनी केसीले २४१ मत पाएकी छिन् ।