खार्तुममा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु, १ सय ३० भन्दा बढि घाइते

हेटौडा न्युज
१९ मंसिर २०७६, बिहीबार १४:५१
;

सुडानको राजधानी खार्तुममा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । विस्फोटमा १ सय ३० भन्दा बढि व्यक्ति घाइते भएका छन् । खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोटमा भएको हो ।

यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय भएपनि मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन । भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् ।

विस्फोटका दौरान ५३ जना कारखाना तथा आवास क्षेत्रमा उपस्थित रहेको बताइएको छ । घाइतेहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*