ट्रम्पविरुद्धको महाभियोग पक्षपातपूर्ण कामः रिपब्लिकन

हेटौडा न्युज
७ पुष २०७६, सोमबार १७:२९
;

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन् ।

सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन् । उनले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भएको बताए ।

तल्लो सदन प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीले नेतृत्व गरेको छ । तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको बताउनुभयो ।

उनले अहिले यसरी राष्ट्रपतिका विरुद्धमा आक्रोस पोख्दा यस्ता कार्यले भविष्यका लागि पनि राम्रो नगर्ने बताए । तर डेमाक्र्याटका नेताहरुले भने राष्ट्रपतिका विरुद्धको यस महाभियोगको कदमको बचाउ गरिरहेका छन् ।

उता रिपब्लिकनका अरु पनि केही नेताहरुले अमेरिकाका प्रजातान्त्रिक संस्थाहरूमा नै यस कदमले आगामी दिनमा क्षति पु¥याउन सक्ने जानकारी पनि गराएका प्राप्त समाचारमा जनाइएको छ ।

तर यो महाअभियोग सफल नहुने राष्ट्रपति ट्रम्पले बताउदै आएका छन् । उनको यो अभियोग अब त्यसबारेको सुनुवाइको सामनाका लागि माथिल्लो सदनमा जानेछ । सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेको छ । यस कारण पनि राष्ट्रपति ट्रम्पलाई शक्तिबाट हटाइन सक्ने कुनै पनि सम्भावना भने देखिँदैन ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*