पत्रकार खशोग्जीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्ड
साउदी अरबको अदालतले पत्रकार जमाल खाशोग्गी हत्या मुद्दामा पाँचजनालाई मृत्यु दण्डको फैसला सुनाएको छ ।
सोमबारको साउदी अरबको सरकारी अभियोजक शलान अल-शलानले भनेका छन्, ‘यो मुद्दामा ती पाँचै जनालाई मृत्यु दण्डको फैसला सुनाइएको छ।किनकी उनीहरु प्रत्यक्ष रुपमा संलग्न थिए।’ यसका साथै अरु तीनलाई २४ वर्षको जेल सजाय सुनाइएको छ ।
पत्रकार जमाल हत्या प्रकरणमा साउदीका राजकुमार मोहम्मद बिन सलमानका सल्लाहका सउद अल खतानीसँग सोधपुछ गरेको थियो। तर उनीमाथि कुनै पनि प्रकारको आरोप लगाउन सकिएन।
जमाललाई अन्तिम पटक २ अक्टोबर सन् २०१८ मा टर्कीको स्तानबुलस्थित साउदी वाणिज्य दूतावासको बाहिर देखिएको थियो।