चीनका विभिन्न सहरहरुमा क्रिसमस मनाउन प्रतिबन्ध

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार १८:५०
;

चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् ।

यसलाई राष्ट्रपति सी चीनफिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाइ अभियानको रुपमा हेरिएको छ ।

दक्षिण पश्चिमी सहर नान्याङ र राजधानी बेइजिङ नजिकैको करिब ४० लाख जनसंख्या भएको सहर लाङफाङमा क्रिसमसका सामान बेच्ने पसलहरुबाट सामान हटाउन लगाइएको छ। लाङफाङमा क्रिसमसको तयारीमा गरिएका सजावट र गरिएको रंगरोगन समेत हटाउन लगाइएको ुसाउन चाइना मर्निङ पोस्टु ले लेखेको छ।

हुनान प्रान्तमा केही अन्डरग्राउन्ड चर्च बन्द गरिएको र विश्वविद्यालयका विद्यार्थीलाई क्रिसमस नमाउने कोड अफ कन्डक्टमा हस्ताक्षर गर्न लगाइएको पनि समाचारमा जनाइएको छ।

लाङफाङका अधिकारले जारी गरेको सुचनामा भनिएको छ   कुनै पनि मानिसलाई क्रिसमस ट्री, टोपी र लुगा तथा सान्टा क्लजका मूर्ति बेचिरहेको भेटिएमा कारबाही गरिनेछ। पसलहरुलाई क्रिसमसका नाममा कुनै पनि गतिविधि नगर्न, सजावट नगर्न र सामानमा छुट नदिन पनि निर्देशन दिइन्छ ।

युनान प्रान्तको कुन्मिङ, क्वान्चाउ तथा हिवेइ प्रान्तको फुपिङ काउन्टीमा पनि यस्तै खाले प्रतिबन्धहरु लगाइएका छन्।

संसारकै सबभन्दा धेरै जनसंख्या भएको चीनमा क्रिश्चियन धर्म मान्नेको संख्या खासै ठूलो छैन। धेरै एसियन मुलुकहरुमा जस्तै यहाँ पनि क्रिसमसको छुट्टी हुँदैन । तर, क्रिसमसको समयमा रमाइलो गर्ने, सांस्कृतिक पर्वका रुपमा यसलाई मनाउने युवाको संख्या ठूलो छ । साथै, क्रिसमसको समयमा मानिसहरुले लुगा कपडा तथा सरसमामान किन्ने भएकाले बजारमा बेग्लै रौनक आउने गरेको थियो। नयाँ वर्ष र अन्य पर्वमा जस्तै सामानमा छुट दिइने भएकाले पनि यस अवधिमा बजार तात्ने गर्थ्यो।

चीनको केन्द्र सरकारले भने क्रिसमस नमनाउनेबारे कुनै निर्देशन नदिएको समाचारहरुमा जनाइएको छ। तर, पार्टीका स्थानीय कमिटीहरुले यस्ता निर्देशन जारी गरेका छन्। स्थानीय अधिकारले दिएका यी निर्देशनहरु चीनलाई पश्चिमा प्रभावबाट मुक्त गर्ने र चिनियाँ संस्कृतिलाई फैलाउने भन्ने राष्ट्रपति सीको योजना अनुसारकै कदम हुन्, सिंगापुरस्थित एस. राजारत्नम स्कुल अफ इन्टरनेसनल स्टडिजका चीन विज्ञ जी याङले एपीलाई भनेका छन्, चिनियाँ कम्युनिस्ट पार्टीलाई चिनियाँ संस्कृतिको संरक्षकका रुपमा स्थापित गरी राष्ट्रपति सी पार्टीको प्रभाव अझै बढाउन चाहन्छन् । त्यसैकारण क्रिसमसजस्ता विदेशी सांस्कृतिक धार्मिक पर्वलाई बन्देज लगाइदैछ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*