हेटौंडाको रंगशालालाई प्रदेश मातहत ल्याउन सरकारसँग माग गरिने

हेटौडा न्युज
११ पुष २०७६, शुक्रबार १७:२४
;

प्रदेश नम्बर ३ मा बसिएको मन्त्रिपरिषद्को बैठकले हेटौंडा ६ गौरिटारमा रहेको खेलकुद प्रतिष्ठानलाई प्रदेश सरकार मातहत ल्याउन संघीय सरकार संग माग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा विहीबार बसेको बैठकले  विभीन्न निर्णयहरु गरेका छन । 

प्रदेश भित्रका वन हेर्नका लागि रेन्जर तोक्ने निर्णय गर्नुका साथै सिंधुलीमा औद्योगिक क्षेत्र निर्माण गर्नका लागि केन्द्र सरकार संग जग्गा माग गर्ने निर्णय गरेको प्रदेशका प्रमुख सचिव तोयम रायले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको चौतारामा प्राविधिक महाँविद्यालय निर्माण गर्नका लागि संघीय सरकार संग जग्गा माग गर्ने निर्णय गरिएको छ ।

प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समितिलाई प्रदेश मातहत ल्याउनका लागि संघीय सरकार संग माग गर्ने निर्णय गरिएको प्रमुख सचिव रायले बताउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*