नयाँ वर्षमा सरकारविरुद्ध हजारौंको प्रदर्शन, एमटीआर स्टेसनमा तोडफोड
नयाँ वर्षको पूर्वसन्ध्यामा हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सन् २०२० मा आफूले हङकङको सबै समस्या समाधान गर्ने प्रतिज्ञा गरेकी थिइन्।
त्यसको भोलिपल्टै अर्थात् नयाँ वर्षको दिन बुधबार दशौं हजार नागरिकले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
केही समययता सरकारविरुद्धको प्रदर्शनमा यति धेरै संख्यामा मानिसहरु सडकमा उत्रिएका थिएनन्।
बुधबारको प्रदर्शनमा मजदुर संगठनमा आवद्ध व्यक्तिहरु, चिकित्सक, विद्यार्थी तथा अधिकारकर्मीहरु समावेश भएको एससीएमपीले जनाएको छ।
प्रदर्शनकारीहरुले मङकक, सेन्ट्रल लाइब्रेरीमा मार्चपास गरेको जनाइएको छ। प्रदर्शनमा भाग लिएका ३६ वर्षीय म्यान्डी चान भन्छन्,‘हङकङको प्रदर्शनलाई अन्तर्राष्ट्रिय सहयोग हुनुपर्छ।’
प्रहरीका अनुसार बुधबार बिहानै केही प्रदर्शनकारीले एमटीआर स्टेसनमा तोडफोड गरेका थिए। लाइट रेल डिपोट स्टेसनमा रहेको रेल प्रदर्शनकारीले तोडफोड गरेको जनाइएको छ।
प्रदर्शनकारीले एक बसमा पेट्रोल बम पनि प्रहार गरेका छन्।
गत हप्तादेखि लगातार सानो समूहमा भएको प्रदर्शनले बृहत रुप लिएको छ। गत शनिबार मुख्य क्षेत्र चीनका नागरिकले संचालन गरेको पसल अगाडि ‘घर फर्क’ भन्दै नारा प्रदर्शनकारीले नारा लगाएका थिए।
आइतबार भने प्रदर्शनकारीले ‘पाँच माग पुरा गर’ भन्दै प्रदर्शन गरेका थिए।
केही समययता साम्य बनेको हङकङको वातावरण प्रदर्शनका कारण फेरि चर्को बन्ने संकेत देखिएको छ।
Thousands of people gathered in Victoria Park before the start of the march from Causeway Bay to Chater Road in Central.
Video: SCMP/Simone McCarthy
See SCMP Hong Kong's other Tweets
हङकङ सरकारले सुपुर्दगी विधेयकलाई पारित गर्ने प्रयास गरेपछि हङकङबासीले लामो समयदेखि प्रदर्शन गरिरहेका थिए।
आन्दोलन हिंस्रक बन्दै गएपछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता लिएकी थिइन्।
यद्यपी आन्दोलनकारीको माग क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने भएपछि प्रदर्शन रोकिन सकेको छैन।
लामाले सर्वसाधारणको विचार सुन्ने, नागरिकसँग छलफल गर्ने कार्यक्रम गर्ने भने पनि मानिसहरुले त्यो विषय मानिरहेका छैनन् ।
हङकङको आन्दोलन झन्डै ७ महिनायता जारी छ ।