प्रदेश ३ संसदीय दलको बैठक हुँदै, राजधानी र नामाकरण मूल एजेण्डा

हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार २२:४५
;

प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक हेटौंडामा भईरहेको छ । मुख्यमन्त्री निवासमा अपरान्ह करीब २ बजेदेखि सुरु बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले पार्टीको निर्णय मानेर अघि बढ्नु पर्ने नेकपाका सांसदरुहलाई बताएका छन् । उनले राजधानी र नामाकरणको विषयमा नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई कदर गरेर अघि बढ्नु पर्ने धारणा राखे का छन्।  

आगामी पौष २२ गतेभित्र प्रदेशसभाको सबै प्रक्रिया पूरा गरेर राजधानी र नामको विषयलाई टुंगो लगाईने प्रदेश ३ सत्तारुढ दल नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालले जानकारी दिएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले गत आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा मत देखिएको छ । 

नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद्ले समेत गरिसकेको छ । यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो काठमाडौंमा बसिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*