हल्का वर्षाले अष्ट्रेलियामा केही राहत, आगलागी भने फेरि बढ्न सक्ने चेतावनी

हेटौडा न्युज
२१ पुष २०७६, सोमबार १६:४९
;

अष्ट्रेलियामा आगलागीका कारण ठूलो क्षति भइरहेको बेलामा त्यहाँ आज हल्का वर्षा हुनुका साथै तापक्रम पनि केही घटेको छ । यसले स्थानीयले केही राहत महसुस गरेका छन् ।  यद्यपि अधिकारीहरुले फेरि पनि आगलागी हुन सक्ने भन्दै चेतावनी दिएका छन् । 

इस्ट कोस्टमा कालो रंगको वर्षा भएको जनाइएको छ । सिड्नी, मेलबर्न र न्यू साउथ वेल्स लगायतका क्षेत्रमा वर्षा भएको छ । तर आउँदो बिहीबारसम्ममा तापक्रम बढ्न सक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । 

उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्सको आगो एक आपसमा भेटिएर झन् ठूलो आगलागीको सम्भावना समेत औंल्याएका छन् ।  त्यहाँको आगलागीले हजारौंको सम्पत्ति नस्ट हुनुका साथै जंगली जनावर पनि मारिएका छन् । 

आज सोमबारका लागि संकटकालीन चेतावनी हेरफेर गरिएको  छ ।  मौसममा परिवर्तनका कारण भिक्टोरिया राज्यमा २५ वटा ‘वाच एण्ड एक्ट अलर्ट’ जारी गरिएको छ । 

दक्षिण अष्ट्रेलियामा एउटा ‘वाच एण्ड एक्ट अलर्ट’ जारी गरिएको छ । अहिलेसम्म २४ जनाको आगलागीबाट त्यहाँ मृत्यु भइसकेको छ । (बीबीसी र रोयटर्स) 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*