उत्कृष्ट एजेण्ट आईएमईद्वारा सम्मानित, डिजिटल गाउँ अभियानमा आईएमई ग्रुप

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार २३:२५
;

आइएमईले मकवानपुरका उत्कृष्ट एजेन्टलाई सम्मान गरेको छ । आज मंगलबार हेटौंडामा एक कार्यक्रका बीच आइएमईले मकवानपुरमा रहेका मध्ये बैंक, फाइनान्स, सहकारी तथा निजी सहित २९ उत्कृष्ट एजेण्टलाई सम्मान गरेको हो ।

""

सम्मान कार्यक्रम आईएकई ग्रुपका तालिम प्रबन्धक माधव कटुवालको प्रमुख आतिथ्यता र क्षेत्रीय कार्यालय नारायणघाटका प्रमुख सुरज पौडेलको विशेष आतिथ्यतामा भएको थियो । 

उत्कृष्ट एजेण्टहरुलाई तालिम प्रबन्धक कटुवालले डिजिटल प्रविधिका बारेमा तालिम समेत दिएका थिए । कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख सुरज पौडेलले प्रविधिको विकाससंगै भुक्तानीको तरिकामा पनि फरकपना आउनु पर्ने धारणा व्यक्त गरेका थिए । आईएमईले केही समय अघि मात्रै ल्याएको आईएमई–पे फिचर्सलाई पनि आफ्ना एजेण्टहरुले उत्कृष्ट बनाउने अपेक्षा रहेको धारणा व्यक्त गरेका थिए । 

""

आईएमईले आउँदो शुक्रबार पनि हेटौंडामा आफ्ना एजेण्टहरुका लागि डिजिटल भुक्तानीको बारेमा विशेष कार्यक्रम गर्ने बताएको छ । 
पदमपोखरी डिजिटल गाउँ हुने
आईएमई ग्रुपले भोलि थाहानगर नगरपालिकामा डिजिटल गाउँ अभियान सञ्चालन गर्दैछ भने, आउँदो शनिबार हेटौंडा उपमहानगरपालिकाको पदमपोखरीमा डिजिटल गाउँ अभियान सञ्चालन गर्ने भएको छ ।

डिजिटल प्रविधिलाई प्रयोग गर्दै प्रविधिमैत्री बनाउने उद्देश्यले स्थानीयहरुलाई सचेतनामूलक कार्यक्रम गर्ने क्षेत्रीय कार्यालय नारायणघाटका प्रमुख सुरज पौडेलले जानकारी दिएका छन् ।  

पौडेलका अनुसार आईएमईले मकवानपुरका केही पेट्रोल पम्पहरुमा आईएमई–पे बाट भुक्तानी दिने कार्य समेत अघि बढिसकेको बताएका छन् ।

आईएमईले क्यास–लेस अभियान अन्तर्गत देशैभरी आफ्ना कार्यक्रमहरु गरिरहेको छ । कार्यक्रममा क्षेत्रीय कार्यालयका राजु श्रेष्ठ, पुरुषोत्तम सुवेदी लगायत जिल्लाका आईएमई ग्रुपका व्यावसायिक साझेदारहरुको सहभागिता रहेको थियो । 
   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*