अस्ट्रेलियामा १० हजार उँटलाई गोली हान्न आदेश

हेटौडा न्युज
२३ पुष २०७६, बुधबार १८:४५
;

अष्ट्रलियामा हाल फैलिरहेको विनाशकारी डढेलोमा परी करोडौँ वन्यजन्तुको मृत्यु भइसकेको छ । कैयन् जीवजन्तुहरु त लोप नै भएको हुनसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा अष्ट्रेलियामा बचेका जीवजन्तुको संरक्षणका लागि विशेष उपाय अपनाइनु पर्ने हो । तर उँटको हकमा चाहीँ उल्टो भएको छ । किनकी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हानेर मार्ने आदेश दिइएको छ ।

सुख्खाग्रस्त क्षेत्रमा पानी बचाउनका लागि दक्षिणी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हान्ने आदेश दिइएको हो । उँट मार्ने अभियान बुधबार देखि सुरु हुँदैछ । जसमा पेशेवर सार्पसुटरहरुले हेलिकप्टरबाट उँटमाथि गोली बर्साउनेछन् ।

अष्ट्रलियाका केही आदिवासीहरुले जंगली उँट पानीको खोजीमा गाउँमा पस्ने र धनमाल नस्ट गरिदिने गरेको गुनासो गर्ने गरेका छन् । उँटहरुको हत्या गरी आदिवासीहरुको गुनासो सम्बोधन गर्ने प्रयास सरकारको छ ।

पाँच दिन भित्रमा ती १० हजार उँट मारिसक्ने योजना रहेको छ ।

वैज्ञानिकहरुका अनुसार पशुहरुले जलवायु परिवर्तनमा पनि योगदान गरिरहेका छन् । एउटा उँटले वर्षदिनमा एक टन कार्वनडाइअक्साइड बराबरको मिथेन उत्सर्जन गर्ने गर्दछ । उनीहरुका अनुसार एक लाख जंगली उँटले ४ लाख कारले भन्दा धेरै वार्षिक हरितगृह ग्यास उत्सजर्न गर्दछन् । तथापि वन्यजन्तुविदहरुले भने जंगली जनावरलाई कार्वत उत्सर्जन तथा जनसंख्या वृद्धि भएको भन्दै मार्न नहुने बताइरहेका छन् ।

अष्ट्रलियाको राष्ट्रिय जंगली उँट व्यवस्थापन योजनाका अनुसार यदि उँटको बढ्दो संख्याको समस्याको रोकथाम गर्न नसक्ने हो भने त्यहाँ जंगली उँटको संख्या हरेक नौ वर्षमा दोब्बर हुनेछ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*