घूसका लागि भैंसी लिएर रामकली सरकारी कार्यालय पुगेपछि….

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार १८:५८
;

भारतको मध्य प्रदेशस्थित सीधी जिल्लाको तहसीलदार कार्यालयमा मंगलवार एक महिला भैंसी लिएर गइन् ।

महिलाले आफ्नो नाम परिवर्तन गर्न निवेदन दिएकी थिइन् अनि त्यहाँका कर्मचारीहरूले उनीसँग घूस मागे । घूस दिने पैसा नभएकाले आफूसँग भएको भैंसी लिन उनले अधिकारीहरूलाई आग्रह गरिन् । 

अधिकारीहरूले भैंसी फर्काए अनि घूस मागेको आरोप पनि खारेज गरिदिए । गत नोभेम्बर १४ मै नाम बदलिसकेको र महिलाले भैंसी लिएर आउनु षड्यन्त्रको एक अंग भएको उनीहरूले बताए । भैंसी लिएर जाने महिला रामकली पटेल चाहिँ आफूसँग घूस मागिएको बताउँछिन् ।

रामकलीले भनिन्, ‘मैले पैतृक सम्पत्तिमा नाम बदल्नका लागि निवेदन दिएकी थिएँ । मसँग अधिकारीहरूले १० हजार भारु मागियो । मैले पैसा दिएँ तर मेरो काम अहिलेसम्म पनि भएको छैन । मसँग फेरि पैसा मागिएको छ । पैसा नभएकाले म भैंसी लिएर आएकी हुँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*