प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोली 

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार २३:३८
;

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश नं. ३ को संसदीय दलको बैठक भोली शुक्रबार बेलुका बस्ने भएको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले  भोली बेलुका संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा प्रदेशको राजधानी र नामाकरण प्रमुख एजेण्डा रहने बताइएको छ ।

प्रदेश ३ का दुई ठुला पार्टी सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलले राजधानीको विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन ।

संसदीय दलका नेता बानियाँले प्रदेशको राजधानी हेटौंडा बनाउनु पर्ने बताउदै आएका छन् तर कांग्रेसकै अन्य सांसदहरुले हेटौंडा बनाउन नसकिने बताउदै आएका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*