मुख्यमन्त्री पौडेलको अभिव्यक्तिप्रति विवेकशील नेपाली दलको भत्सर्ना
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार सदनमा दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको विवेकशील नेपाली दलले जनाएको छ ।
विवेकशीलले सोमबार विज्ञप्ति प्रकाशित गरी आफ्ना संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यलाई लक्षित गरी मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेको छ ।
विवेकशीलद्वारा जारी विज्ञप्तिमा प्रदेश राजधानी प्रस्ताव छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गर्दा विवेकशील संसदीय दलका नेता पौडेल मन्तव्यप्रति मुख्यमन्त्री पौडेलले दिएको अभिव्यक्ति संसदीय अभ्यासको मर्मविपरीत रहेको उल्लेख गरिएको छ।
उक्त अभिव्यक्तिमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराउनु गैरसंवैधानिक र व्यक्तिगत द्वेष राखी ‘सांसद नै नरहन सक्ने’सम्मको धम्कीपूर्ण भाषाको प्रयोग गैरसंसदीय भएकाले मुख्यमन्त्रीको उक्त वक्तव्य प्रतिखेद प्रकट गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन पनि विवेकशीलले माग गरेको छ।विवेकशीलले साझा पार्टीसँग मिलेर प्रदेश राजधानी काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गरे पनि अस्वीकृत भएको थियो।