हेटौंडामा २ दिने सोनाम ल्होछार महोत्सव हुने 

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार १९:१०
;

मकवानपुरको हेटौंडामा दुई दिने दोस्रो सोनाम ल्होछार महोत्सव हुने भएको छ । गुठी ,गुम्बा, घेदुङ्ग ,तामाङ्ग  लगाएतका संघसंस्थाहरुको सयुक्त आयोजनामा हेटौडाको टिसिएन चौर (भुटनदेवी पार्क) मा महोत्सव हुने भएको हो ।  

तामाङ समुदायको महान सांस्कृतिक पर्व २८५६ जीवा ल्हो(मुसा वर्ग) सोनाम ल्होछारको अवसरमा महोत्सव गर्न लागिएको ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तानले बताए । 
हेटौंडामा भएको पत्रकार सम्मेलन मार्फत जनकारी दिदै लागि हेटौंडा उपमहानगर पालिकाको सहयोग रहेको छ भने वाइवा तामङ्ग समाजको सह प्रायोजन र टुवोर्गको  प्रायोजनमा हुनेभएको हो । 

तामाङ जातियताको को भेषभुषा प्रदर्शनी लगायत मौलिक खानाको परिकार लगायतको स्टलहरु रहने जानकारी सङ्गै विभिन्न उपसमितिहरु समेत गठन गरेर कार्य विभाजन गरिएको जनाएको छ । 

जिग्तेन शिवा छेथर लिङ गुम्बाको अध्यक्ष डोल्मा स्याङ्बोको संयोजनमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको र दिलबहादुर लामा, सबिन मोक्तान, सुनिल लोप्चन, सुरेश लामा, कल्पना घलान लगायतको संयोजनमा विभिन्न कार्य विभाजन सहित उपसमिति गठन गरिएको छ जानकारी दिएका छन् ।

महोत्सवको पहिलो दिन १० गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीतामा  बृहत सास्कृतिक कार्यक्रम गरिन भएको छ भने सोही दिन नेपाल तामाङ युवा घेदुङको संयोजनमा ‘जिल्ला स्तरिय तामाङ सेलो नृत्य प्रतियोगिता’ हुने सम्मेल मार्फत जनाईएको छ । महोत्सवमा करिब ६ लाख रुपँैया खर्च हुने अनुमान गरिएको अध्यक्ष मोक्तानले बताएका छन् ।

अध्यक्ष मोक्तानको सभा अध्यक्षतामा सम्पन्न भएको कार्य्क्रममा सविन मोक्तान, सुनिल लोप्चन, सुरेश लामा, कल्पना घलान लगायतको उपस्थिती रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*