आबुधाबीमा बस दुर्घटना, ५ जनाको मृत्यु, ६ जना नेपाली घाईते

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार २१:०७
;

आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ  भने ६ जना नेपाली घाईते भएका छन् ।

यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किदा नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण आउन बाँकी रहेको नेपाली दूतावास यूएईले जनाएको छ ।

‘बसमा रहेका २४ श्रमिक मध्ये १६ जना नेपाली श्रमिक रहेको तर कति जनाको ज्यान गएको छ कति घाइते छन् भनेर हामी तथ्याँक संकलन गरिरहेका छौं,’ नेपाली दूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रिता धितालले भन्नुभयो । 

घाइतेको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ । 

बसमा नेपालीसहित अफ्रिका, श्रीलङ्का लगायतका श्रमिक थिए । 
नेपाली श्रमिक पनि भएको जानकारी पाए लगत्तै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका स्थानीय कर्मचारी आबुधाबीका विभिन्न अस्पतालमा पुगेका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*