आबुधाबीमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु, मकवानपुरका २ जनासहित १४ जना घाईते

आबुधाबीमा बस दुर्घटना हुँदा छ जनाको मृत्युृ भएको छ । जसमध्ये तीन जना नेपाली रहेका छन् । बिहिबार भएको दुर्घटनामा मकवानपुरका दुई जनासहित १४ नेपाली घाईते भएका छन् ।
दुर्घटनामा परी मकवानपुरका टिस्टुङ पालुङकी रीता सिवाकोटी र हेटौंडाकी मिना सिंह चापागाँउ घाईते भएका हुन् । घटनामा परी ज्यान गुमाउँनेको संख्या ६ रहेको छ । जसमध्ये तीन जना नेपालीको ज्यान गएको हो ।
उक्त दुर्घटनाबाट झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
त्यस्तै सो दुर्घटनामा परी सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, इलामकी सीता सुब्बा, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा घाईते भएका छन् ।
बिहिबार काममा जाँदै गर्दा अलरहा भन्ने स्थानमा उनीहरु चढेको बस गुडिरहेको लरीमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ । घाईतेहरुको आबुधाबीको मफरक, एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको जनाएको छ ।