पब्जी खेल्दाखेल्दै २७ वर्षीय युवकको मृत्यु

हेटौडा न्युज
५ माघ २०७६, आईतवार १८:४४
;

भारतको पुणे घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो।

हृदयघात हुनासाथ अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा शनिबार निधन भएको छ। समाचारमा जनाएअनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय युवकलाई पबजीको लत लागेको थियो। छोटकरीमा पबजी भनेर चिनिने प्लेयर्स अन्नोन्स ब्याटलग्राउण्डस्  नामक उक्त खेल हिंसाजन्य सामग्रीमा आधारित छ।

चिकित्सकहरूका अनुसार खेलका क्रममा अधिक उत्साहित हुँदा हर्सलका शरीरका नसाहरू तन्कन पुगेका थिए। जसका कारण रक्तसञ्चारमा अनियमितता उत्पन्न हुँदा हृदयघात भएको थियो। कक्षा १० सम्म पढेका हर्सल दुई वर्षअघिसम्म हाउसकिपिङको रुपमा कार्यरत थिए।

पब्जी खेल्दाखेल्दै २७ वर्षीया युवकको मृत्यु पबजीको लत लागेपछि उनी दुई वर्षयता काम छाडेर घरमै बस्दै आएको उनका अभिभावकहरूले जनाएका छन्।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*