आगलागी जारी रहेको अस्ट्रेलियामा भीषण आँधी र बाढीको चेतावनी
अस्ट्रेलियामा हाल भीषण डढेलो जारी छ। गत सेप्टेम्बर महिनायता जारी डढेलोका कारण २८ जनाको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका छन्।
भिक्टोरिया राज्यमा पनि डढेलो जारी छ। तर यतिबेला भने त्यहाँ ठूलो आँधी र भीषण बाढीको चेतावनी दिइएको छ।
आगलागी जारी रहँदा अस्ट्रेलियका केही स्थानमा पानी परेको थियो। भिक्टोरियामा भने ठूलो आँधी आउने र बाढी जाने मौसम विमागले चेतावनी दिएको छ।
मौसम विभागले आइतबार भिक्टोरियामा चट्याङसहित पानी पर्ने, ठूलो आँधी आउने तथा बाढी जाने बताएको छ।
तीनदिनसम्म पानी पर्ने सम्भावना रहेको पनि विभागले बताएको छ।
केही स्थानमा परेको पानीले अस्ट्रेलियाको डढेलो नै भने नियन्त्रणमा नआउने बताइएको छ।
सरकारले आगलागीले ठूलो क्षति पुर्याएको पर्यटन क्षेत्रलाई सुधार गर्न ७६ मिलियन स्ट्रेलियन डलर खर्च गर्ने घोषणा गरिसकेको छ। बीबीसी











