प्रदर्शनकारी र सुरक्षाफौजबीच झडप हुँदा गोली चल्यो, १३ जना घाईते

हेटौडा न्युज
६ माघ २०७६, सोमबार २२:००
;

राकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शनकारी र सुरक्षाफौजबीच आइतवार राति र सोमवार बिहान झडप हुँदा सुरक्षाकर्मीहरूले अश्रूग्यास र गोली प्रहार गरेका छन् । त्यसक्रममा १३ जना प्रदर्शनकारी घाइते भएका छन् । 

अधिकारीहरूले शहरको मध्यभाग पुग्ने महत्त्वपूर्ण सडक र गल्ली बन्द गरेका छन् । 

बग्दादमा इरानी कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले हत्या गरेपछि सरकारविरोधी प्रदर्शनहरू मत्थर भएका थिए तर गत सातादेखि ती फेरि चर्किन थालेका छन् । 

शहरको सिनाक पुल र तायारान स्क्वेयरमा अश्रूग्यास र गोली हानिएको थियो । त्यस ठाउँमा हालैका दिनमा हिंसा भइरहेको स्वास्थ्य तथा सुरक्षा अधिकारीहरूले बताएका छन् । 

अश्रूग्यासका कारण शहरमा धूँवा फैलिएपछि टुकटुकमा राखेर घाइतेहरूलाई अस्पताल लगिएको थियो । 

एक सुरक्षा अधिकारीले कम्तीमा नौजनालाई पक्राउ गरिएको बताए । मूल बाटो र चोकहरूमा बाधा अवरोध गर्ने प्रदर्शनकारीहरूलाई पक्राउ गर्न  सुरक्षाकर्मीहरूलाई राष्ट्रिय सुरक्षा परिषद्ले अनुमति दिएको छ । 

इराकका लागि संयुक्त राष्ट्रसंघका दूतल् इराकका राजनीतिक सम्भ्रान्तहरूलाई सुधारका लागि पहल गर्न र विरोधकर्ताहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेका छन् । 

लगभग चार महिनादेखि चलिरहेको विरोध प्रदर्शनमा सुरक्षाबलको गोलीका कारण कम्तीमा ५०० जनाले ज्यान गुमाइसकेका छन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*