ट्रम्पलाई मार्ने व्यक्तिलाई ३४ करोड पुरस्कार दिने इरानी सांसदको घोषणा

हेटौडा न्युज
७ माघ २०७६, मंगलवार २३:००
;

एकजना इरानी सांसदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ३ मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् ।

इरानको अर्धसरकारी समाचार संस्था आईएसएनएले सांसद अहमद हमजेले ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ३ मिलियन अमेरिकी डलर -३४ करोड नेपाली रुपैया) दिने घोषणा गरेको जनाएको छ ।

‘ट्रम्पको हत्या गर्ने जो कोहीलाई पनि केर्मान प्रान्तका जनताको तर्फबाट हामीले ३ मिलियन अमेरिकी डलर प्रदान गर्ने छौं’, हमजेलाई उदृत गर्दै समाचारमा लेखिएको छ । अन्य सांसदसमक्ष बोल्ने क्रममा उनले यस्तो घोषणा गरेका थिए ।

ट्रम्पलाई धम्की दिने उद्देश्यले इरानी धार्मिक सत्ताको निर्णय अनुसार उनले उक्त घोषणा गरे वा नगरेको भनेर केही खुलाइएको छैन । ‍

केर्मान अमेरिकी ड्रोन हमलामा मारिएका वरिष्ठ जनरल कासिम सुलेमानीको गृह नगर हो । सुलेमानीको हत्यापछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।

केही समयअघि इरानको एक संस्थाले समेत ट्रम्पको टाउकोको मूल्य तोकेको थियो । सुलेमानीको अन्तेष्टि कार्यक्रमको एक आयोजकले ट्रम्पको टाउकाको मूल्य ८० मिलियन अमेरिकी डलर (९ अर्ब नेपाली रुपैयाँ) तोकेको हो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*