संघीयताको मूल मर्म र भावनामा ठेस पुग्नेगरी प्रदेशको नाम बागमती राखेकोमा राजपाको आपत्ति

हेटौडा न्युज
८ माघ २०७६, बुधबार २१:१८
;

 प्रदेश ३ को नाम बागमती राखेकोमा राष्ट्रिय जनता पार्टी नेपालले आपत्ती जनाएको छ।

‘विविधतायुक्त नेपाली समाजमा आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, दलित, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत जातजाति तथा अन्य समुदायहरुको पहिचान सहितको संघीयताको मूल मर्म र भावनामा ठेस पुग्नेगरी प्रदेशको नाम बागमती राखेको भन्दै विज्ञप्ती मार्फत आपत्ती जनाएको हो । 

समुदायहरुको पहिचान सहितको संघीयताको मूल मर्म र भावनामा ठेस पुग्नेगरी  मिति २०७६ साल पौष २७ गते प्रदेश नं.३ को राजधानी हेटौडा तथा प्रदेशको नाम बागमती प्रदेश नामाकरण गरिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ राजपा नेपालका वर्तमान संयोजक महेन्द्र राय यादवद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनेको छ , ‘स्वायत्तता, स्वशासन, प्रतिनिधित्व, स्वाभिमान, र सम्मानको रक्षाको साथै पहिचान र पहुँच माथिको अधिकार र मर्मलाई अवमुल्यन गर्ने कार्य राष्ट्रिय एकताको मूल भावना विपरीत छ।’

राजपा नेपालले यस्ता पहिचान मेटाउने निर्णयप्रति असहमति जाहेर गर्ने विज्ञप्ती मार्फत जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*