कोरोन भाईरसका कारण २५ जनाको मृत्यु, १७७ जनाको अवस्था गम्भिर

हेटौडा न्युज
१० माघ २०७६, शुक्रबार २०:१३
;

 कोरोना भाइरसले चीनमा अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । भाइरसले अझै ८ सय ३० जना संक्रमित छन्, । त्यसमध्ये १७७ जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । चीन यतिबेला खुम्बे प्रान्तमा प्राणघात कोरोना भाइरससँग संघर्ष गरिरहेको छ भने अर्कातिर करोडौं चिनियाँ नयाँ वर्षको तयारी गरिरहेका छन् । चिनियाँहरुले नयाँ वर्ष भोलि शनिबार अर्थात् जनवरी २५ तारिख मनाउँदैछन् ।

बेइजिङ र हङकङमा जम्मा हुने भीड रोक्नका लागि ठूला सभासम्मेलनहरु रद्द गरिएको छ । खुम्बेको बुहान र अन्य ठूला सहरमा भाइरस फैलनबाट रोक्नका लागि चिनियाँ सरकारले ठूलै कदम चालेको छ । सार्वजनिक यातायातमा रोक लगाइएको छ । शुक्रबार चीन प्रशासनले भाइरसको संक्रमणबाट मर्नेको संख्या २५ पुगेको बताएको छ भने संक्रमित ८३० उल्लेख गरेको छ ।

१ सय ७७ जनाको स्वास्थ्य गम्भीर रहेको नेशनल हेल्थ कमिसनले पुष्टि गरेको छ । ३४ जना उपचारपछि घर फर्किएको बताइएको छ भने १ हजार ७२ यो भाइरसबाट सन्दिध संक्रमित भएको पहिचान भएको छ । खुम्बे प्रान्तभन्दा बाहिर यो भाइरसबाट मृत्यु भएको पुष्ठि भएको छैन । तर खुम्बे प्रान्तबाहेक पनि १३ जनाको मृत्यु भएको हुनसक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनले गत हिजो बिहीबार मात्र यो भाइरसविरुद्ध अन्तर्राष्ट्रिय संकटकाल घोषणा गरेको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*