अमेरिकी सेना इराकबाट हट्नुपर्ने भन्दै विशाल प्रदर्शन, ‘नो, नो अमेरिका’ नारा घन्कियो

हेटौडा न्युज
१० माघ २०७६, शुक्रबार २२:०२
;

इराकका प्रभावशाली शिया धर्मगुरु मोक्तदा अल–सद्रका सयौं समर्थकहरूले राजधानी बग्दादमा शुक्रवार भेला भएर देशबाट अमेरिकी सैनिकहरूलाई हट्न माग गरेका छन् । अमेरिकाको ड्रोन आक्रमणमा इरानी कमान्डर कासिम सुलेमानीको हत्या भएपछि यो माग उठेको हो । 

शुक्रवारको जुम्मा प्रार्थनापछि लाउडस्पीकरहरूले घन्काए, ‘अमेरिका हुन्न हुन्न ।’ एक बालकले यस्तो लेखिएको पोस्टर उठाए, ‘अमेरिका मूर्दाबाद । इजरायल मूर्दाबाद ।’

इराकको केन्द्रीय सरकारी कार्यालय तथा अनेकौं विदेशी दूतावासहरू रहेको ग्रीन जोन जाने सडक र पुलहरूलाई कंक्रिट ब्यारियर ठड्याएर रोकिएको छ । इराकका सुरक्षाबलहरूले ग्रीन जोन जाने ढोकाहरू रोकिरहेका छन् । 

विरोधकर्ताहरू बग्दाद र देशका दक्षिणी प्रान्तहरूबाट आएका हुन् र उनीहरू जदरिया टोलसम्म पैदलै पुगेर भेला भएका थिए । उनीहरूले इराकी झण्डा फर्फराएका थिए र प्रतीकात्मक कात्रो ओढेका थिए ।

शिया धर्मगुरु मोक्तदा अल–सद्रको पार्टीले सन् २०१८ मा भएको आमनिर्वाचनमा सबभन्दा बढी सीट जितेको थियो । सुलेमानीको मृत्युपछि उनले अमेरिकी सैनिकहरू इराकबाट हट्नुपर्ने माग राख्दै १० लाख मानिसले प्रदर्शन गर्न आह्वान गरेका थिए । 

शुक्रवारको प्रदर्शनलाई मूलधारका शिया पार्टीहरूले समर्थन गरेका छन् । अल–सद्रका राजनीतिक प्रतिद्वन्द्वी हादी अल–अमेरीको फतह अनि मिलिसियाहरूको छाता संगठन पपुलर मोबिलाइजेसन युनिट्स र इरानसमर्थित समूहहरूले प्रदर्शन गरेका छन् । 

अमेरिकी आक्रमणविरुद्ध इराकको संसद्ले एक गैरबाध्यकारी प्रस्ताव पारित गर्दै सरकारलाई देशबाट विदेशी सेना निष्काशन गर्न आह्वान गरेको छ । तर कुर्दिश र अधिकांश सुन्नी सांसदहरूले मतदान बहिष्कार गरेका थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*