हत्या आरोपी सापकोटालाई सभामुख बनाएको भन्दै प्रर्दशन गर्ने मानवअधिकारकर्मी पक्राउ
हत्या आरोपीलाई सभामुख बनाएको भन्दै प्रर्दशन गर्ने मानवअधिकारकर्मी पक्राउ परेका छन् । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई पद तथा गोपनियताको शपथ नराउन माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका हुन् ।
सोमबार उनीहरुले अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
अधिकारीकर्मी एवं नागरिक समाजका अगुवा चरण प्रसाईंलगायत करिब १० जनालाई नियन्त्रणमा लिइएको महानगरी प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताएका छन् । पुर्णिमाया लामा प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना,प्रशान्त त्रिपाठी, राजन कुइँकेललाई प्रहरीले पक्राउ गरेको हो ।