गैंडाको खागसहित दुई जना पक्राउ

१६ माघ २०७६, बिहीबार १९:२९

गैंडाको खागसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं–८ का ४६ वर्षीय लव खत्री र कपन एकतावस्तीका २२ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको हो । बुधबार साँझ चावहिलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पच्चीस लाख रूपैयाँमा खाग बिक्री गर्न लागिरहेको सूचनाको आधारमा अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।