जगदम्बा स्टिलमा एक मजदुरको मृत्यु, मृतकको परिवारलाई १० लाख क्षतिपूर्ती

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार २१:१०
;

बाराको सिमरास्थित जगदम्बा स्टिल इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको मृत्यु भएको  छ । भारत बिहारको छपरा घर भई हाल सिमरा बस्दै आएका अन्दाजी ३० वर्षीय अमर यादवको बुधबार राति करेन्ट लागेर मृत्यु भएको हो ।  

‘के कारण मृतयु भएको हो प्रमाणित भएको छैन्। तर, प्रारम्भिक अनुसन्धानले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरेका छौँ’ इलाका प्रहरी कार्यालय  प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।

मृतका यादवको शरीरको  बाहिरी भागमा चोटपटकको  कुनै निशाना नदेखिएकाले ईलाका प्रहरीका सिमराले जनाएको छ । मृतकको राति नै शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा लगिएको  जनाएको छ ।

जगदम्बा स्टिल प्रालिले मृतक परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति गरेको प्रहरीले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*