चेक किर्ते गरी २० लाख रुपैंया निकालेको आरोपमा कार्यलय सचिव पक्राउ

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार २२:३७
;

चेक किर्ते गरी बैंकबाट २० लाख रुपैंया निकालेको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलय सचिव ५६ वर्षीय सन्तोष घिमिरेलाई  प्रहरीले पक्राउ गरेको 
हो । 

हस्ताक्षर भइसकोको चेकमा अंक र अक्षर थपि बैंकबाट २० लाख रुपैंया निकालेको आरोपमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । उनी भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका ६ बस्दै आएका थिए ।  

कार्यालय प्रयोजनका लागि जारी भएको चेकमा किर्ते गरी बढी रकम निकालेर फरार भएका घिमिरेलाई बुधबार प्रहरीले बल्खुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गत पुस ९ गते सिद्धार्थ बैंक कुलेश्वर शाखामा चेक नम्बर ००२१४२२५५३१८०१ बाट ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यालय सचिव घिमिरेले कीर्ते गरी २० लाख रुपैयाँ निकालेका थिए । कार्यालय प्रयोजनका लागि कार्यालयकै खाताबाट ६७ हजार ९१६ रुपैयाँ निकाल्न चेक जारी गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*