हेटौंडा मोडर्नको २९ औँ बार्षिक उत्सव सम्पन्न

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार २३:१२
;

हेटौंडा ९ स्थित हेटौंडा मोडर्न इङलिस आवासिय माध्यामिक विद्यालयको २९ औँ बार्षिक उत्सव आज विहिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण खतिवडाको सभाध्यक्षता तथा बागमती प्रदेशका कृषि सहकारी तथा भुमि सुधार मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवम् जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले देश र जनता सुखि र समृद्ध हुनकोलागि विद्यालय स्तर देखि नै विद्यार्थी लाई थप क्रियाशील बनाउनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विद्यार्थीहरु भोलिका राष्ट्र निर्माता भएकाले उनिहरूको विकासमा निजि तथा सस्थागत विद्यालयले खेलेको भुमिकाको कदर गर्दै प्रदेश सरकार सधै शिक्षा क्षेत्रको विकासमा लागिरहने बताएका छन् ।

कार्यक्रममा प्याप्सन मकवानपुरका पुर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य मदन दाहाल, प्याप्सन जिल्ला उपाध्यक्ष विनोद सुवेदी जिल्ला सचिव नवीन केसि, अभिभावक सघ जिल्ला अध्यक्ष रमिला सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयमा यस शैक्षिकसत्र मा कक्षागत रुपमा प्रथम द्वितिय र तृतीय हुने विद्यार्थीहरुलार्इ सम्मान गरिनुका साथै शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*