टिप्परको ठक्करबाट एक महिलाको मृत्यु,  २६ वटा टिपरमा तोडफोड र आगजनी

हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार १६:५८
;

गोरखाको छेपेटार बजारमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।  शुक्रवार बिहान ग १ ख ८०२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ । 

बिहान दुध बेच्न हिँडेकी महिलालाई टिप्परले ठक्कर दिएको र महिला लडेपछि टिप्पर ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।  टिपरले किचेर एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् । साथै उनीहरूले टिप्पर चालकलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । 

उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् । उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ । गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।

स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*