मिसकलबाट बस्यो माया, २० वर्षका युवकले गरे ६० वर्षकी महिलासँग बिहे

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार १७:५६
;

बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई महत्व दिइन्छ । सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ ।तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन ।

भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् ।रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए ।

दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो ।फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् ।

युवक पनि यसको लागि तयार भए । गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर यको विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*