एका बिहानै आयो ५ रेक्टरको भुकम्प

२० माघ २०७६, सोमबार १७:५७
चीनमा सोमबार भुकम्पको धक्का महशुस गरिएको छ । भुकम्प स्थानीय समय अनुसार बिहानको ५ बजे गएको हो । उक्त भुकम्प चीनको दक्षिणपश्चिम सिचुआन प्रान्त केन्द्र भई ५.१ रेक्टर स्केलको गएको जनाइएको छ ।
भुकम्पबाट कुनै मानविय क्षति नभएको जनाइएको छ । उक्त भुकम्प १० सेकेन्ड भन्दा बढी समयसम्म गएको जनाइएको छ ।