कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ४२७ पुग्यो, हङकङमा पनि एक जनाको मृत्यु

हेटौडा न्युज
२१ माघ २०७६, मंगलवार १७:२२
;

हङकङमा कोरोना भाइरसका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो । 

चीनसँगकाे सीमा बन्द गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हङकङका स्वास्थ्यकर्मी तस्बिर : रोयटर्सहङकङमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको बारेमा विस्तृत जानकारी आइसकेको छैन।

मंगलबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। जसमध्ये ४२५ को मृत्यु चीनमै भएको छ।

सोमबार मात्रै चीनमा थप ३ हजार २ सय ३५ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म २० हजार ४ सय ३८ चिनियाँ नागरिकमा यसको संक्रमण देखिएको छ । विश्वका विभिन्न मुलुकमा कम्तीमा १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*