हेटौंडाका विद्यालयहरु स्थानिय सरकारको अनुमती बिना बन्द नर्ग नपाईने

हेटौडा न्युज
२२ माघ २०७६, बुधबार १७:०४
;

बागमती प्रदेशको राजधानी हेटौंडा भित्रका विद्यालयहरु आफु खुसी बन्द गर्न नपाउने भएको छ । वडा कार्यालय र शिक्षक महासंघले समेत वन्दको घोषणा गरेर विद्यार्थीको पढाइमा खेलवाड गरेपछी स्थानीय सरकारले आफुखुसी विद्यालय वन्द गर्न नपाउने निर्णय गरेको हो । 

सामुदायिक तथा निजी विद्यालयमा कुनै कारणवस वन्द गर्ने अधिकार स्थानीय सरकारलाई मात्र छ । तर, यसको नियम विपरित प्रदेशको स्थायी राजधानी घोषणा भएको अवसरमा भन्दै हेटौंडा ६ वडा कार्यालयले वडाभरीका विद्यालय वन्द गरिएको थियो । त्यसैगरी उपमहानगरपालिकाको स्वीकृति विना शिक्षक महासंघ मकवापनुरले शिक्षकको मृत्यु भएको दिन शोकमा भन्दै विद्यालय वन्दको आवहान गरेको थियो ।

शोकमा विद्यालयमा मौनधारण गरिन्छ अनी शोकसभा गरिन्छ । तर, विद्यार्थीको पढाइमा बाधा पुग्नेगरी आफुखुसी विद्यालय वन्द गर्ने परिपाटी भएपछी उपमहानगरपालिकाको स्वीकृति विना विद्यालय वन्द गरेमा कार्बाहीको दायरामा ल्याइने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताएका छन् । सूचना निकालेर वडामा विद्यालय वन्दको आवहान गर्ने हेटौंडा ६ का वडा सचिवलाई उपमहानगरपालिकाले स्पष्टीकरण सोधीसकेको छ ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा समितिले बिद्यालयका शिक्षक वा कर्मचारीको कुनैपनि कारणबाट मृत्यु भएमा सोही विद्यालय मात्र बन्द गर्ने निर्णय गरेको छ । शिक्षा समितिको बैठकले कुनैपनि शिक्षकको मृत्यु भएका नगरभरीका विद्यालय वन्द गर्दै आएको थियो । तर, अव भने जुन विद्यालयको शिक्षक वा कर्मचारीको मृत्यु हुन्छ त्यही विद्यालय बाहेक अरु सवै विद्यालय सञ्चालन हुनुपर्ने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बतएका छन् । 

कुनै विद्यालयका शिक्षकको मृत्यु भएपछी शोकमा स्थानीय सरकारको सहमती विना एसअघि पनि शिक्षकहरुले एक दिन आफुखुसी नगरभरीका विद्यालय वन्द गरेका थिए । शिक्षक संगठनका नाममा आकस्मिक रुपमा विद्यालय वन्द गर्दा केही विद्यालयका विद्यार्थीहरु विद्यालय आएर घर फर्कनुपरेको थियो । कुनैपनि कारणवस विद्यालय विदा गर्नुपरेमा स्थानीय सरकारको स्वीकृतिमा मात्र विद्यालय वन्द गराउन पाउने नियम छ ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*