कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९०, २४ हजारभन्दा बढी संक्रमित

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार १७:३२
;

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् ।

बुधबार विहान एक जनाको हङकङमा मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । 

हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए । चीनको वुहानमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । 

चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारको लागि १० दिनभित्र नै दुई वटा अस्पताल बनाइसकेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*