भारतको उत्तर प्रदेशमा बस दुर्घटना, १० नेपाली घाईते
बुधबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना भएको छ । भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् ।
हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको हो । समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको जनाईएको छ ।
बलबहादुर, तुलकनी, नरेन्द्र ओली, वीरबहादुर, तिलक गोपाल, कासिब बोहरा, पुतली बोहरालगायत घाईत भएको जनाएको छ । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।