अख्तियारले नै अख्तियारको दुरुपयोग गर्‍योः सांसद विश्वकर्मा

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार २०:५३
;

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा बसेर विरोधीलाई ठोक्ने रणनीति लिएको  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद मिन विश्वकर्माले अख्तियारको भूमिकामाथि प्रश्न उठाएका हुन् । संवैधानिक अंगको रुपमा आयोगले तटस्थता कायम गर्न नसकेको सांसद विश्वकर्माको भनाइ छ । 

अख्तियारले नै अख्तियारको दुरुपयोग गरेको सांसद विश्वकर्माको आरोप लगाएका छन् । “भर्खरै अख्तियारले गरेको निर्णय हेर्दा सुशासन कायम गर्न भूमिका खेल्नुपर्नेमा आफ्नो अधिकार आफैंले दुरुपयोग गरेको छ । ” संसद बैठकमा बोल्दै सांसद विश्वकर्माले बताए ।

सरकारले कांग्रेसका मान्छे छानीछानी थुन्‍ने योजना बनाएको र सरकारको छायामा बसेर अख्तियारले आफ्नालाई बोक्ने र विरोधीलाई ठोक्ने नीति लिएको बताएका छन् । संसद अवरोध गर्नु आफ्नो रहर नभए बताएका छन् । उनले भने सबै किसिमका अन्यायको न्याय माग्‍ने थलो संसद भएकाले संसदीय मर्यादाको पालना गर्दै आफूहरुले कुरा उठाएको बताए । 
 

ललिता निवास जग्गा प्रकरणमा प्रस्ताव लैजाने, पारित गर्ने र लालपुर्जा बोकेर हिँड्नेलाई उन्मुक्ति दिइएको पनि उनले बताए । एउटा निर्दोषलाई पक्रेर सारा दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र भएको भन्दै उनले आपत्ती जनाए । उनले जग्गा फिर्ता गर्छु भन्नेहरुलाई मुद्दा नचलाएकोमा पनि कटाक्ष गरे । 

अख्तियारले बुधबार कांग्रेस उपसभापति तथा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार लगायत १७५ जनाविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा दायर गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र जग्गा फिर्ता गरेको भन्दै नवीन पौडेल र न्यायाधीश कुमार रेग्मीविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निर्णय गरेकको थियो । नबीन पौडेल सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलका छोरा हुन् । 

कांग्रेसले आफ्ना मान्छेलाई जोगाएर विपक्षीलाई सरकारले निशाना बनाएको आरोप लगाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*