सरकारी लगानीमा आयुर्वेद शिक्षण अस्पताल खोल्न नेकपाका सांसदको माग

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार २२:३३
;

सरकारी लगानीमा आयुर्वेद शिक्षण अस्पताल खोल्न नेकपाका सांसदले प्रस्ताव गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु ठगेन्द्रप्रकाश पुरी, दिलकुमारी रावल, कोमल वली, शेरबहादुर कुँवर, मीना बुढालगायतले यस व्यवस्था संशोधन गरी आयुर्वेद विश्वविद्यालयले शिक्षण अस्पताल पनि सञ्चालन गर्ने कानुनी व्यवस्थको माग गरेका हुन् ।

नेकपाका सांसदहरुले राष्ट्रिय सभामा दर्ता भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि संशोधन प्रस्ताव दर्ता गर्दै कानूनमै आयुर्वेद शिक्षण अस्पताल सञ्चालनको व्यवस्था गर्न माग गरेका हुन् ।

अरुण उपत्यकामा स्थापना हुने आयुर्वेदिक विश्वविद्यालयले आयुर्वेद विज्ञानसम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यवहारिक र व्यावसायिक बनाउने विधेयकमा उल्लेख गरीएको छ ।

आयुर्वेद विश्वविद्यालयको उपकुलपति महिला नै हुनुपर्ने लगायत २७ वटा संशोधन प्रस्ताव नेकपाका तर्फबाट परेको छ ।

सांसदहरुले प्रत्येक प्रदेशमा एउटा आयुर्वेद क्याम्पस खोल्ने व्यवस्था पनि विधेयकमा गर्न प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधेयकमा आयुर्वेद विश्वविद्यालयले प्रदेश स्तरमा कलेज खोल्न सक्ने व्यवस्था छ । यसमा संशोधन हाल्दै नेकपाका सांसहरुले प्रत्येक प्रदेशमा कम्तीमा एउटा क्याम्पस खोल्नैपर्ने बाध्यात्मक व्यवस्थाको माग गरेका हुन् ।

निजी क्षेत्र र सहकारीलाई पनि आयुर्वेद कलेज खोल्न दिनुपर्ने नेकपाको अर्को संशोधन छ ।

प्रस्तावित विधेयकको दफा ३६ मा आयुर्वेद विश्वविद्यालयले आंगिक कलेजबाहेकका शिक्षण संस्थालाई सम्बन्धन प्रदान गर्न नसक्ने उल्लेख छ । यो व्यवस्था संशोधनका लागि नेकपा सांसदले ‘सहकारीका रुपमा सञ्चालन हुने गरी शिक्षण स्थाहरुलाई पनि सम्बन्धन दिन सक्ने’ व्यवस्था राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि दश करोड बजेट विनियोजन समेत गरेको छ ।

समाजवादी पार्टीका सांसदहरु रामपृत पासवान र प्रमिलाकुमारी यादवले योगमाया आयुर्वेद विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नभई शिक्षामन्त्रीलाई राख्न माग गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*