बालुवा गिट्टीको थुप्रोमा पुरिएर कुवेतमा चार नेपालीको मृत्यु
कुवेतमा निर्माणस्थल बालुवा र गिट्टीको थुप्रोमा पुरिएर चार जना नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । निर्माणस्थल बालुवा र गिट्टीको थुप्रोमा थप तीन जना पुरिएका छन् ।
कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेको समाचार संस्थाहरुले जनाएका छन् ।
बालुवा र गिट्टीको थुप्रोमा पुरिएका अन्य तीन जनाको अवस्था थाहा हुन नसकेको जनाएका छन् । उनीहरुको खोजी भइरहेको छ । घाइते तीन जनाको जाहारा अस्पतालमा उपचार भइरहेको छ ।
चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको हो । ज्यान गुमाएका र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन ।