प्रधानमन्त्री ओलीको विशेष सम्बोधन शनिबार ११ बजे
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा आज शुक्रबार गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम सरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम सरेको हो ।
प्रधानमन्त्री ओलीको आज २ बजेका लागि तय भएको सम्बोधन शनिबार (भोलि) बिहान ११ बजेका लागि सारिएको हो ।
सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको हो । उपाध्यायको निधन भएपछि कांग्रेसले संसद बैठकमा प्रधानमन्त्रीले गर्ने सम्बोधन रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।
बहालवाला सांसदको निधन भएकाले शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरीएको छ ।